भैरवलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

भैरव टिम, तोउखेलले प्रथम कोतस्य भैरव युथ ५ ए साइड वडा ६ स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

कोतस्य भैरव युथ क्लब, नागार्जुन ६ द्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै भैरवले २० हजार नगद पुरस्कार हात पार्‍यो । दोश्रो भएको फास्कु टिमले १० हजार तथा तेश्रो स्थानको कसारथोकले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, आयोजक क्लबका अध्यक्ष गजराज खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको सम्पूर्ण खर्च अध्यक्ष बुढाथोकीले प्रायोजन गरेका हुन् ।