एफबीआईद्वारा नक्कली सन्देशमाथि छानबिन

0
Shares

वासिंगटन, (एजेन्सी) ।

अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) आफ्नो एउटा सर्भरबाट हजारौं संख्यामा नक्कली म्यासेज पठाइएको विषयमा छानबिन शुरू गरेको छ । सो म्यासेजमा सम्भावित साइबर आक्रमणको सम्भावनाबारे चेतावनी दिइएको थियो । एफबीआईले शनिबार बिहान सो घटना भएको जनाएको छ । तर, यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

ती सन्देश अमेरिकी मातृभूमि सुरक्षा विभागबाट प्रशारित गरिएको जस्तो देखाइएको बताइएको छ । ‘अर्जेन्ट ः थ्रेट एक्टर इन सिस्टम’ शीर्षकमा चेतावनीसहितको सन्देश पठाइएको थियो । प्रापकहरूलाई पठाइएका इमेलमा तिनीहरूमाथि विशिष्ट खालको क्रमवद्ध आक्रमण हुन लागेको सन्देश उल्लेखित थियो ।

गैर आयमुलक एनिट स्पाम वाचडग स्पामहसका अनुसार डार्क ओभरलोर्ड नामक समूहबाट आत्रमण हुन लागेको बताइएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार १ लाख वटाभन्दा बढी त्यस्ता इमेल पठाइएका छन् । यस कार्यमा ह्याकरहरूको संलग्नता छ वा छैन भन्ने पनि स्पष्ट हुन सकेको छैन ।