बाथरुममा फसेका नांगो पुरुषको उद्धार

0
Shares

अमेरिकाको न्युयोर्कका अग्निनियन्त्रकहरूले थुप्रै दिनदेखि एउटा थिएटरको बाथरुमको भित्तापछाडि थुनिएका एक व्यक्तिलाई नाँगै अवस्थामा उद्धार गरेका छन् । ल्यान्डमार्क थिएटरका कर्मचारीहरूले कसैले बाथरुमको भित्तामा हातले पिट्दै चिच्याएर मद्दत मागिरहेको सूचना दिनासाथ सिराक्युज फायर डिपार्टमेन्टले आफ्नो कारवाही शुरू गरेको थियो ।

हालसम्म परिचय नखुलाइएका ती पीडित वयस्क पुरुष दुई वा तीन दिनअघि थिएटरमा प्रवेश गरेको हुनुपर्ने अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् । तर, उनी कसरी बाथरुमको भित्तापछाडि फस्न पुगे भन्ने स्पष्ट हुन सकेको छैन ।

अग्निनियन्त्रक अधिकारीहरूले निकै होसियारपूर्वक भित्ताका टायलहरू काट्दै उनी रहेको स्थानसम्म पुगेका थिए । ती ३९ वर्षीय पुरुषलाई उपचारका लागि अपस्टेट युनिभर्सिटी हस्पिटल लगिएको छ । उनको शरीरमा कुनै चोटपटक नदेखिए पनि जलविनियोजन समस्याको कारण उनलाई उपचार गरिएको बताइएको छ ।