देशभर थप ३०६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९१ जना र १ हजार ५९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ०५३ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ ।