मुस्ताङमा हिमपहिरो: तर्सेर भाग्न खोज्दा २ शिक्षक र एक विद्यार्थी घाइते


न्युज अफ नेपाल, काठमाडौं ।

मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। हिम पहिरोका कारण थासाङ गापाको वडा-२ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो ।

हिम पहिरोका कारण विद्यालयमा भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टा भाँचिएको छ। विद्यालयका प्रधानाध्यापक खेम गुरुङले विद्यार्थी र शिक्षकलगायतलाई सबैलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

थप विवरण आउन बाँकी छ ।