पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन


न्युज अफ नेपाल, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ।

नेकपाले आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ । सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।