ट्रेलरमा ओभर डोज

0
Shares

रिलिजको लागि तयार भएको फिल्म ओभर डोजको ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १७गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सनको समिश्रण छ। सम्पूर्ण छायांकन कार्य अमेरिकामा गरिएको भएको फिल्मको ट्रेलर नौलो ढंगले तयार पारिएको छ। दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा बनेको फिल्म सुमन पौडेल निर्देशन गरेका छन्।। प्रनिश राज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डी, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन्।

निर्माता केसीले फिल्म युवा पुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको बताए। फिल्ममा पिजे वाइबाको संगीत, गुच्ची भाइको छायांकन र साजन कार्कीको सम्पादन रहेको छ। कमल पाण्डेको भिजुअलइफेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पञ्जियार र जुनियर मोरेनो हुन् ।