लगानीकर्ता संगठित



काठमाडौं, (नेस)  ।

पुँजीबजारका लगानीकर्तालाई संगठित बनाउँदै लैजाने र वास्तविक क्षेत्रका निर्यातमुलक वा आयात प्रतिस्थापनमुलक उद्यमको सञ्जाल बनाउने उद्देश्यले ‘जनउन्नतिका लागि लगानीकर्ताहरु’ अभियान शुरू भएको छ ।

अभियानको पहिलो चरणमा १० हजार लगानीकर्ताको नामावली संकलन गरिने भएको छ । अभियानका शुरूआतकर्ता डा। केशव श्रेष्ठका अनुसार एक महिनाभन्दा कम समयमा ३ हजारभन्दा बढी लगानीकर्ता अभियानमा जोडिएका छन् ।

लगानीकर्ताहरुले १ अर्ब चुक्ता पुँजी रहेको होल्डिङ कम्पनी स्थापना गर्नेछन् । कम्पनी स्थापनापश्चात् प्रतिस्पर्धी मोडलबाट राम्रा उद्यमहरुको चयन गरी सहायक कम्पनीको सञ्जाल निर्माण गर्दै लगानीकर्ताहरुको सम्पत्ति अभिवृद्धिको साथसाथै मुलुकमा लगानीको अवसर सिर्जना गर्ने, रोजगारीका अवसर्र र मुलुकको आर्थिक विकासमा योगदान दिने लक्ष्य अभियानको छ ।

प्रतिक्रिया दिनुहोस्