शेयर बजारमा सवा २ खर्ब नोक्सान



काठमाडौं, (नेस) ।

यस साता तीन दिनमात्रै खुलेको शेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो डेढ सयभन्दा बढी अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २८४८ दशमलव ८४ बिन्दुमा रहेको नेप्से यस साता १५८ दशमलव ५५ अंक्ले घटेर २६९० दशमलव २९ बिन्दुमा झरेको छ । तरलताको अभाव तथा चाडपर्वलगायत कारण नेप्से परिसूचक ओरोलो लगेको हो ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको ब्याज दर र एउटा संस्थाबाट चार करोड र एक व्यक्तिले बढीमा १२ करोड रुपियाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि शेयर बजारमा असर गरेको बताइन्छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४० खर्ब ६ अर्ब रुपियाँको हाराहारी रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता २ खर्ब २२ अर्ब रुपियाँले घटेर ३७ खर्ब ८३ अर्ब रुपियाँमा झरेको छ । नेप्सेसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ । नेप्सोन साताभर कूल २३० कम्पनीको शेयर कारोबार भयो । यस साता दुई करोड ८६ लाख कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ । यस साता

मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी वृद्धि भएको छ । यस कम्पनीको ३३ प्रशितभन्दा बढी ले शेयर मूल्य वृद्धि भएको वृद्धि भएको छ । त्यस्तै युनिलिभर नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले पनि कमाएका छन् । यता गुमाउनेमा शिवश्री हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् । यस कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव ६० प्रतिशतले घटेको छ । त्यस्तै कालिका पावर कम्पनीको १४ दशमलव ५८ प्रतिशत, बरुण हाइड्रोपावरको १३ दशमलव १२ प्रशितले शेयर मूल्य घटेको छ । यस साता सबै समूहको सूचकमा गिरावट आएको छ । जसामध्ये विकास बैंक समूह सबैभन्दा धेरै ८ दशमलव ३५ प्रशितले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्