प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि घरमा आराम गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए।