साँझ नपर्दै होटल र भट्टी चाहार्ने बानी त्याग्नुहोस् : अध्यक्ष नेपाल


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा आयोजित नेकपा एस निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले साँझ नपर्दै होटल र भट्टी चाहार्ने बानी त्याग्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् ।

नेपालले भने–अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ,गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ?  यो प्रश्न तपाईहरुलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् । मैले थाहा पाएँ भने सहन्नँ ।

अध्यक्ष नेपालले रक्सीले मान्छेको आयु घटाउने र घर कलह तथा समाजमा विकृति हुने भन्दै कतिपय मान्छेमाा विहानैदेखि रक्सी नखाई नहुने लत रहेको बताए ।