एकीकृत समाजवादीका केन्द्रीय सदस्यले शपथ लिए


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रिय सदस्यहरुलार्ई शपथ गराएका हुन् ।

शनिबार र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे छलफल हुनेछ। बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। समाजवादीमा ३३५ केन्द्रिय सदस्य रहेका छन् ।