मुटु स्वस्थ राख्न सधैँ १० देखि ११ बजेभित्रै सुतौं !

0
Shares

लन्डन, (एजेन्सी) ।

स्वास्थ्यसम्बन्धी हालै गरिएको एक अनुसन्धानबाट बेलुका १० देखि ११ बजेभित्र सुत्ने मानिसमा अन्यको तुलनामा मुटु धेरै स्वस्थ अवस्थामा रहने पत्ता लागेको छ । यस विषयमा अनुसन्धानकर्ताहरूले ८८ हजार स्वयमसेवकमाथि अध्ययन गरेका थिए ।

संयुक्त अधिराज्यको वायोबैंकको टोलीले गरेको यस अनुसन्धानले यदि मानिसले आफ्नो शरीरभित्रै निश्चित र समयमै सुत्ने घडी जडान गर्न सकेको खण्डमा ह्रदयाघात र मस्तिष्कघातको खतरा घटाउन सक्ने महत्वपूर्ण तथ्य पत्ता लगाएको हो ।

मानव शरीरको चौबिसै घन्टाको प्राकृतिक लय स्वस्थता र सचेतनाका लागि महत्वपूर्ण रहेको बताइएको छ । यसले मानव शरीरको रक्तचापलाई पनि प्रभााव पार्न सक्ने बताइएको छ ।

यस अध्यनको प्रतिवेदन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ ।

अनुन्धानकर्ताहरूले अध्ययनका क्रममा स्वयमसेवकहरूलाई नाडी घडी बाँध्न लगाई सात दिनसम्म सुत्दा र बिउँझेको अवस्थामा विभिन्न तथ्यांक संकलन गरेका थिए । ती स्वयमसेवकहरूले छ वर्षसम्म लगातार दैनिक निर्धारित समयमा सुत्दा सालाखाला ३ हजार जना वयष्कमा मात्र मुटुसम्बन्धी रोेग देखापरेको जनाइएको छ । साथै अनुसन्धानकर्ताहरूले वयष्क व्यक्तिले राती कम्तीमा सातदेखि नौ घन्टा मस्त निदाउनुपर्ने सल्लाह दिएका छन् ।

युनिभर्सिटी अफ एक्सेटरका डा. डेविड प्लान्सको नेतृत्वमा यो अनुसन्धान भएको हो ।