एपल–१ कम्प्युटर ६ लाख डलरमा बिक्ने !

0
Shares

लसएन्जेल्स, (एजेन्सी) ।

अमेरिकाको क्यालिफोर्नियामा लिलाम हुन लागेको सन् १९७६ मा निर्मित एउटा एपल –१ कम्प्युटर ६ लाख अमेरिकी डलरमा बिक्री हुनसक्ने लिलामकर्ताहरूले अनुमान गरेका छन् । जोह्न मोरान लिलामगृहले स्टिव वोज्नियाकद्वारा डिजाइन गरिएको तथा स्टिव जब्सद्वारा एसेम्बल र टेस्ट गरिएको सो कम्प्युटर लिलामका लागि राखिनुअघि दुईजना व्यक्तिको स्वामित्वमा रहेको बताएको छ ।

सो कम्प्युटरका साथ एउटा डाटानेटिक्स किवोर्ड रेभ डि, एउटा १९८६ प्यानासोनिक भिडियो मोनिटर , केही सम्बन्धित कोर्डस, एउटा एपल –१ बेसिक म्यानुुयल, एपल –१ अपरेसन्स गाइड, एउटा एमओएस ६५०२ प्रोग्रामिङ म्यानुयल र दुईवटा एपल – १ सफ्टवेयर क्यासेट टेप्स पनि दिइनेछ ।

जोब्स र वोज्नियाकले मात्र २ सय वटा एपल – १ कम्प्युटर बनाएका थिए । काम गर्ने अवस्थामा नै रहेको एउटा एपल –१ कम्प्युटर सन् २०१३ मा जर्मनीमा आयोजित लिलाममा ६ लाख ७१ डलरमा बिक्री भएको थियो ।