कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक २८ गते आईतवार बस्ने भएको छ ।

बैठकमा महाधिवेशन र राष्ट्रिय राजनीतिको समसामयीक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको राकिएको महाधिवेशन प्रक्रिया २७ गते देखि शुरु हुदैछ । सर्वोच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जवराको विषयले पनि राष्ट्रिय राजनीतिमा चर्चा पाइरहेको छ । काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पुर्ण एजेण्डा तयार भैनसकेपनि मुख्य गरि महाधिवेशन र समसामयीक राजनीतिमा बैठक केन्द्रित हुने छ ।

मंसिर २४ देखि २६ सम्म १४औं महाधिवेशन गर्न लागेको काग्रेसको रसुवा र रौतहट दुई जिल्लाको क्रियाशिल विवाद अझै कायम छ । महाधिवेशनको लागि विभिन्न समितिहरु गठन गर्नु पर्ने भएकोले यस बारेमा पनि केन्द्रिय बैठकमा छलफल हुने बताइन्छ । महाधिवेशनको लागि राजनीतिक, आर्थिक लगाएत विभिन्न प्रतिवेदन बनाउन बैठकले जिम्मेवारी दिने स्रोतको भनाई छ ।