देउडामा परानी सबैको

0
Shares

गायक तथा संगीतकार गीतकार भीम बीसीको संगीत तथा जिना रसाइली र शेर कानीको स्वरमा परानी सबैको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा आफ्नो मायालुलाई छोडेर जानुपर्दाको बिछोडको कहानी प्रस्तुत गरिएको छ। प्रमोद भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोमा कविता नेपाली र एलबी विश्वकर्माको अभिनय रहेको छ ।

म्युजिक भिडियोको छायांकन र सम्पादन दीपेन बस्न्यातले गरेका छन् । बीसीले सुदूरपश्चिम देउडा संस्कारलाई अगाडि बढाउने हेतुले तयार पारेको गीत उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।