तायाहाङमाले ल्याइन् हिमाली शिरमा

0
Shares

गायिका तायाहाङमा राईको पछिल्लो गीत हिमाली शिरमा म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। आदिम आवाज अनलाइन टिभीबाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतकार टीका चाम्लिङको शब्द रचना र विकाश चौधरीको संगीत रहेको गीतको म्युजिक भिडियो सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका रमणीय स्थानमा गरिएको छ। नायिका मिरूना मगरको कुशल अभिनय रहेको म्युजिक भिडियोलाई गीतकार चन्द्र लामा ‘अनुराग’ ले निर्माण गरेका छन्। भिडियोमा उनले अभिनयसमेत गरेका छन्। भिडियो शिव ढकालले छायांकन गरेका छन्। सुमित गुरुङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने नृत्य निर्देशक कमल राईले निर्देशन गरेका छन्।