प्रतिष्ठानको साधारणसभा

0
Shares

गुल्मी, (नेस)।

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको १६औं साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा प्रतिष्ठान गुल्मी शाखा सचिव भुवन भुसाल र कोषाध्यक्ष ईश्वरी कँडेलद्वारा प्रस्तुत संगठन प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको छ। साधारणसभाको अवसरमा आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो।

साधारणसभाका प्रमुख अतिथिमा मानार्थ सदस्य एवं गुल्मी जिल्लाका समाजसेवी मानबहादुर श्रेष्ठले प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा आफ्नो पनि सधंै साथ रहेको बताए। कार्यक्रममा आजीवन सदस्य तारा भुसाल, गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेल, गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसाल, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याललगायतले गुल्मी जिल्ला कला र गलाको खानी जिल्ला भएकाले यसको संरक्षण र नयाँ प्रतिभाको खोजीका लागि प्रतिष्ठान सधैं अगाडि हुनुपर्नेमा जोड दिए।

उनीहरूले प्रतिष्ठान गुल्मीले गीत–संगीतसँगै सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकार एवं प्रतिष्ठानका केन्द्रीय सदस्य सीता राना, शिलु भट्टराई, हरि खत्री, गणेश अधिकारी, लालमाया कुँवरलगायतले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।