सुजाताको चिनी अमिलो

0
Shares

गायिका सुजाता केसीले आफ्नो नयाँ गीत चिनी अमिलो सार्वजनिक गरेकी छिन्। गीतमा सुजातालाई अलिफ खानले साथ दिएका छन्।

यसअघि, विशेषगरी डान्सिङ गीतबाट चर्चा कमाएकी सुजाताले यसपटक पनि डान्सिङ गीत ल्याएकी हुन्। उक्त गीतमा लोकराज अधिकारीको शब्द रचना रहेको छ भने राजेन्द्र बजगाईंको संगीत रहेको छ। गायिका सुजाताले यस गीतबाट ठूलो अपेक्षा लिएको बताएकी छिन्। यसअघि, पनि उनका कतिपय गीतले चर्चा कमाएका थिए भने कतिपय मध्यम थिए। तर, यस गीतमा ठूलो मिहेनत परेको र टिमवर्क राम्रो भएकाले यसअघिका गीतभन्दा बढी अपेक्षा गरिएको उनले बताइन्। ‘आफ्ना गीत सबै राम्रो त लाग्छ, तर यस गीतको टिम अझ राम्रो छ’ सुजाता भन्छिन्– ‘टिमवर्क राम्रो भएकाले गीत र भिडियो पनि राम्रो बनेको छ। आशा छ दर्शकलाई मन पर्छ।’

गीतको भिडियोमा लोकप्रिय कलाकार सुधीर श्रेष्ठ र गीता ढुंगानाको नृत्य रहेको छ। अजय रेग्मीले खिचेको भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ भने सम्पादन विकाश दाहालले गरेका छन्। गायक अलिफ खानले पनि आफूले गाएका यसअघिका गीत जस्तै यसलाई दर्शक स्रोताले मन पराउनेमा विश्वास व्यक्त गरे।