बैतडीका सबै वडामा सर्वसम्मत

0
Shares

बैतडी, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशनअन्तर्गत बैतडीका ८४ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । गत सोमबारबाट शुरु भएको अधिवेशनअन्तर्गत सोमबार सुर्नया गाउँपालिका–३ को वडा अधिवेशन सम्पन्न भएसँगै जिल्लाका सबै वडामा नयाँ नेतृत्व आएको हो ।

सबै वडामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो । ६ गाउँपालिका र ४ नगरपालिका गरी यहाँ ८४ वडा रहेका छन् ।

कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।एमालेको १०औं महाधिवेशन आगामि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।