राजमार्ग क्षेत्रमा अध्यक्ष ओलीलाई स्वागत

0
Shares

धादिङ, (नेस) ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सडकमार्ग हुँदै चितवन जाने क्रममा धादिङका विभिन्न स्थानमा स्वागत गरिएको छ । गाडी यात्राको क्रममा बीच बाटोमा स्थानीयबासीले ओलीलाई ठाउँ–ठाउँमा रोकेर स्वागत गरेका हुन् ।

ओली राजमार्गमा आउने खबर पाएपछि धादिङको धुनिबेंसी, महादेवबेंसी, गल्छी, आदमघाट, गजुरी, मलेखुलगायतका स्थानहरुका केपी ओलीलाई हेर्न र स्वागत गर्न एमाले नेता–कार्यकर्ता तथा सर्वसाधारण आएका थिए ।

गल्छी गाउँपालिकामा ओलीले सम्बोधन गर्ने आशामा पत्रकारहरु समेत जम्मा भएका थिए । तर, ओलीले सम्बोधन नगरी जताततै सम्मान थापेर चितवन पुग्नुभएको थियो ।

ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा समेत माल्यार्पण गर्नुभएको थियो ।

एमाले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदीकिनारको अवलोकन गरी भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न सोमबार अध्यक्ष ओली स्थलमार्ग हँदै चितवन जानुभएको थियो ।ओली १६ गते माडी अयोध्याधाम पुग्ने कार्यक्रम तय गरिएको छ ।