कोरानाबाट नौको मृत्यु

0
Shares

काठमाडौं, (नेस) ।

कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाको अवधिमा ५ सय ३३ जना नयाँ सक्रमित थपिएका छन् भने ४ सय ९० जना निको भएका छन् । यो अवधिमा कुल ११ हजार ६ सय ६४ जनाको नमुना परीक्षण गरिएको थियो । हाल नेपालमा ९ हजार ३ सय १८ जना सक्रिय संक्रमित छन् । सोमबार मात्र ६५ हजार २८ जनालाई कोरानाविरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार खोप अभियान शुरु भएदेखि हालसम्म १ करोड ५९ लाख २३ हजार ३ सय ९ मात्रा खोप लगाइएको छ । ७२ लाख ५३ हजार २ सय ८३ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । विश्वव्यापीरूपमा फैलिएको कोराना संक्रमणबाट विश्वमा झन्डै २५ करोड मानिस प्रभावित भएका छन् । विश्वव्यापी तथ्यांकअनुसार १८ करोडभन्दा बढी सक्रिय संक्रमित छन् । हालसम्म विश्वमा कोराना संक्रमणबाट ५० लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।