संविधानको मूल धारमा नआएका दललाई ल्याउन पहल जारी छ:गृहमन्त्री खांँण


यमलाल भुसाल, बुटवल । 

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खांँणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मुलधारमा ल्याउन सरकारले संवाद थालेको बताउनु भएको छ ।

सरकारको मूल दायित्व नागरिकको जीवन रक्षा र संविधानको पालना गराउने भएको उहाँले बताउँदै संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताउनुभयो ।गृह जिल्ला रुपन्देहीको आफ्नै निवासमा आइतबार मन्त्री खाँणले कार्यकर्ताहरूसँग कुराकानी गर्दै गणतन्त्र , संविधान र अहिलेको व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खांँणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने बताउनुभयो । संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न अहिलेको सरकार सफल हुन खांँणले दाबी गर्नुभयो ।लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुइटा पाटा रहेको बताउँदै पत्रकारिता स्वतन्त्र भए लोकतन्त्र बलियो हुने दाबी उहाँले गर्नुभयो । उहाँले सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गर्दै आलोचनाबाट नै सरकार सच्चिन सहयोग मिल्ने जिकिर गर्नुभयो ।

पछिल्लो वर्षाले किसानको धान बालीमा क्षति पुराएको उहाँले बताउँदै सरकारले उचित राहातको व्यवस्था गर्ने घोषणा गरी सकेको जानकारी दिनुभयो ।आजै मन्त्री खांँण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति बिदादेवी भण्डारीले गौतमबद्धको मुक्ति अनावरण समारोहमा सरिक हुनु हुनेछ ।