आर्सनलसँग लेस्टर पराजित

0
Shares

लन्डन, (एजेन्सी) । 

आर्सनलले जारी प्रिमियर लिगमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ । यस सिजनको प्रिमियर लिग शुरू हुँदा आर्सनलले लगातार तीन हारबाट शुरुआत गरेको थियो । तर, चौथो खेलपछि टोलीले जितको स्वाद लिएको हो । आर्सनलले लगातार ७ खेलमा अपराजित रहँदै १० खेलबाट १७ अंक जोडिसकेको छ । शनिबार भएको खेलमा बलियो टोली लेस्टर सिटीलाई २–० ले हराएको हो । यो आर्सनलको जारी प्रिमियर लिगमा पाँचौं जित हो ।

किंग पावर रंगशालामा भएको खेलमा भ्रमणकारी टोली आर्सेनलले शुरुआती २० मिनेटमै दुई गोल गरेको हो । २–० को अग्रता अन्तिमसम्म सुरक्षित राखेर आर्सनलले लेस्टरलाई उसैको घरेलु मैदानमा हरायो । आर्सनललाई जित दिलाउन गेबरियलले खेलको पाँचौ मिनेटमा गोल गरे । १८ औं मिनेटमा स्मिथ रोवेले गोल गरेका हुन् । लेस्टरको १० खेलमा १४ अंक रहेको छ ।