ब्याडमिन्टन शुरू

0
Shares

काठमाडौं, (नेस) ।

नागेश्वरी युवा क्लबको आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि शुरू भएको छ ।

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भइरहेको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् । सिंगल्समा १० र डबल्समा १७ जोडी सहभागी छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा १२ कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा सिंगल्सतर्फ पहिलो हुनेले ८ हजार र दोश्रोले ४ हजार नगद पुरस्कार पाउनेछन् । डबल्सका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।