ईशा कास्टिङ काउचको शिकार

0
Shares

बलिउड अभिनेत्री ईशा गुप्ताले आफू कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन्। एसियानेट डट कमामा प्रकाशित समाचारअनुसार ईशाले अन्तर्वार्ताका क्रममा बलिउडका एक ठूला निर्माताले आफूमाथि दु्व्र्यवहार गर्ने प्रयास गरेको र ती निर्मातालाई त्यस्तो मौका नदिएकै कारण उक्त फिल्मबाट आफूलाई हटाउन चाहेको खुलासा गरेकी छिन्।

‘मैले एक फिल्मको सुटिङको दौरानमा एक व्यक्तिको घिनलाग्दो रूप देखेें जुन रूपबाट म निकै डराएकी थिएँ। त्यही कारण सुटिङको दौरान म एक्लै सुत्न डर लाग्छ भन्ने बहाना बनाएर फिल्मकी मेकअप आर्टिस्टका साथ रुम सेयर गर्ने गर्थें। वास्तवमा मलाई कुनै भूत प्रेतसँग होइन मानिससँग डर लाग्थ्यो’ उनले अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छिन्, ‘ती प्रोड्युसरले मसँग बेड सेयर गर्न नपाएकै कारण मसँग काम गर्नु छैन भन्दै मलाई फिल्मबाट निकाल्न चाहन्थे। तर, त्यति बेलासम्म उक्त फिल्मका लागि मैले पाँच दिन सुटिङ गरिसकेकी थिएँ।’

ईशाले आफूले उक्त समय यस घटनाबारे मुख खोल्दा आफैंले समस्या भोग्नुपर्ने भएकाले केही नबोलेको जनाएकी छिन्।‘यस्ता खालका प्रोड्युसरहरू स्टार किड्सहरूलाई भने यस्तो घिनलाग्दो प्रस्ताव र व्यवहार गर्ने हिम्मत राख्दैनन्। किनभने स्टार किड्सहरूसँग यस्तो कुरा गर्दा उनीहरूको स्टार अभिभावकहरूसँग दुस्मनी मोल्नुपर्ने हुन्छ। तर, बाहिरका कलाकारहरूको हकमा भने यिनीहरूले जसरी पनि काम गर्नैै पर्ने मजबुरी छ भन्ने सोच राखेर यस्ता खालका गलत विचार राख्ने गर्छन्’ उनले भनेकी छिन्।

अभिनेता इमरान हासमीका साथ फिल्म जन्नत–२ बाट बलिउड डेब्यु गरेकी ईशाले सन् २००७ मा मिस इन्डिया इन्टरनेसनलको ताज चुमेकी थिइन्। ईशालाई इन्डियाकी एन्जेलिना जोली पनि भन्ने गरिन्छ। उनलाई यो उपाधि बलिउडका हस्ती महेश भट्टले दिएका थिए। ईशाले राज, थ्रीडी, स्तरुम, कमाण्डो–२ बादशाहोलगायत केही तेलुगु फिल्ममा समेत काम गरेकी छिन्।