गोर्खाजले ल्यायो यो महामारी

0
Shares

द गोर्खाज ब्यान्ड हङकङको प्रस्तुतिमा यो महामारीले बोलको गीत अडियो भर्सनमा सार्वजनिक भएको छ। यो सन् २०१४ तिर स्थापना भएको ब्यान्डको पहिलो रेकर्डेड गीत हो।

गीतमा कोभिड–१९ महामारीको प्रकोपबाट भएको अपूरणीय मानवीय क्षतिलाई चित्रण गर्न खोजिएको छ। गीत महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीप्रति समर्पित छ। अरुण पाइजा पुनको स्वर र शब्द रचना रहेको गीत नेपाली स्वादको रक जनरामा कम्पोज गरिएको छ। महामारीले उजाड बनाएको अहिलेको संसारमा मानिसले अज्ञात भयलाई बोकेर बाँच्नुपरेको कुरालाई गीतले औंल्याएको छ।

हङकङको सेक किप मेइेको जेसीसीए स्टुडियोमा रेकर्ड गरिएको गीतले कोभिडविरुद्ध लड्न जनचेतना जगाउने सन्देश पनि दिएको छ।

गीतको बेस गितारमा रोशन थापा, लिड गितारमा रोशन लिम्बू, सारंगीमा साम तमु, बाँसुरीमा कुल गुरुङ, ड्रममा पेट्रिक मगर रहेका छन्। गीतको भिडियो एडिटर मजाको राई रहेका छन्। गीत अरुण पाइजा पुन युट्युब च्यानलमा अपलोड गरिएको छ।