लगानीकर्ताले एक सातामा सवा ३ खर्ब कमाए



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ९ प्रतिशत बढेको छ । अघिल्लो साता २५५६ दशमलव ९५ बिन्दुमा रहेको नेप्से यस साता ८ दशमलव ८१ प्रतिशत अर्थात २२५ दशमलव १६ अंक बढेर २७८२ दशमलव ११ बिन्दुमा पुगेको छ।

यो साता पाँचै कारोबार दिन नेप्से परिसूचक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । यस साता दैनिक कारोबार रकम पौने ३ अर्ब रुपियाँको हुँदै आएकोमा बढेर ५ अर्ब रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै नेप्सेको बजार पुँजीकरण गत साता ३५ खर्ब ७९ अर्ब रुपियाँ रहेकोमा यस साता ३ खर्ब १५ अर्ब रुपियाँले बढेर ३८ खर्ब ९४ अर्ब रुपियाँ पुगेको छ ।यस्तै यस साता १३ वटै समूहको परिसूचक बढेको छ । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १९ दशमलव ६९ प्रतिशतले बढेर २५९५ दशमलव २९ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्