नयाँ उत्साह र ऊर्जाको साथ नेपाल आएको छु : प्रशिक्षक अलमुताइरी

0
Shares

न्युज अफ नेपालल, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । शनिबार राति उनी कतारबाट नेपाल आइपुगेका हुन् । नेपाल आउँदा आफू खुसी भएको उनले बताएका छन् ।

त्रिभुवन विमास्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अल्मुताइरीले घर फर्कन पाउँदा आफूलाई धेरै खुसी लागेको बताएका हुन् । उनले भने, ‘मलाई धेरै खुसी लागेको छ, म मेरो घर फर्किएको छु ।’

उनले पछिल्लो तीन महिनामा भएका नकारात्मक कुराहरुलाई आफूले भुलेको पनि बताए । ‘मेरो मनमा नकारात्मक कुरा छैन,’ उनले थपे, ‘म नयाँ उत्साह र ऊर्जाको साथमा आएको छु ।’