विप्लवको युवा संगठनको राष्ट्रिय सम्मेलन दाङमा सुरू

0
Shares

न्युज अफ नेपाल, दाङ ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युुवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । शनिवार पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्मेलनको उद्घाटन गरेका हुन् ।

संगठनले सम्मेलनको उद्घाटन पूर्व घोराही बजारमा र्‍याली निकालेको थियो । सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगलीको अध्यक्षता अधिवेशन सुरु भएको हो ।

सोमबारसम्म चल्ने सम्मेलनले युवा संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले संगठनका प्रतिनिधिहरु देशभरमा नयाँ नेतृत्व छनोट, नीति विधि निर्माणमा जुटेका छन् ।