शनिबार थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार २ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २६ सक्रिय संक्रमित आइसोलेसन र २ सय १२ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।