अनेरास्ववियुले भन्यो – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लेउ



न्युज अफ नेपाल, काठमाडौँ ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थ तथा एलपीको ग्यासको मुल्य बढाएको भन्दै विरोध जनाएको छ । शनिबार एक विज्ञप्तिमार्फत् बढाएको मुल्य तत्काल फिर्ता लिन पनि माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौँ ।’

यस्तै अनेरास्ववियुले आफ्ना मागला सम्बोधन नभए कडा संघर्षका कार्यक्रमहरु अघि सार्ने पनि चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्