त्रिपुरासुन्दरीका महिलाहरु सामुहिक काममा


धादिङ ।

खेतालाको समस्या भोगिरहेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का महिलाहरुले सामुहिक कामको सुरुवात गरेका छन् । धान काट्ने, कोदो टिप्ने, बारी खन्ने आदी काममा समूहका सबै सदस्यहरुले एक अर्काको काम गरेर सामुहिक कामको सुरुवात गरेका हुन् ।

खेतालाको समस्या समाधान गर्न गरिब र एकल काम गर्ने मानिस भएकाहरुका लागि सामूहिक कामले सहयोग पुगेको सामुहिक काम गरिरहेको कन्यादेबि स्वाबलम्बी समूहका अध्यक्ष सुनिता श्रेष्ठले बताउनुभएको छ ।

समूहमा रहेका २७ जनाले पालो गरेर सामुहिक काम गर्दा सबैका समस्या समाधान भएको र काम सजिलो भएको काम गरिरहेका महिलाहरुको भनाइ छ ।हेफर नेपालर त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा सहयात्री समाज नेपालद्वारा कृषि तथा पशुउद्यमशिलता विकास परियोजना अन्तरगत रहेको कन्यादेबि स्वाबलम्बी समूहले सामूहिक काम सुरु गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका र खेताला लगाउन नसक्नेहरुका लागि सामुहिक काम गर्ने तरिकाले गर्दा खेताला लगाउन नसकेर खेती गरिएको उत्पादन भित्र्याउन सकेत नसक्ने अवस्था हुने गरेको थियो । सामुहिक काम थालेपछि समुहका सबैले काम गर्ने र श्रमको सम्मान भएको समूहका अध्यक्ष श्रेष्ठको भनाइ छ ।