ताप्लेजुङ ।
नेपाली सेनाको जागिर मिलाइदिने भन्दै नगद ठगी गरेको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका ५ फन्चेम्बुका २४ वर्षीय सुवास फावेन लिम्बू रहेका छन्।
लिम्बूले जागिर मिलाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका ४ साँवाका पेम्वा शेर्पासँग २० हजार नगद लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए।
लिम्बूलाई शुक्रबार पक्राउ गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया