सुरक्षा समिति बैठक, सीमानाकमा थप कडाइ गरिने

कोभिड रोक्न नाकामा स्वास्थ्य जाँच गरिने


काठमाडौँ ।

देशको समग्र सुरक्षाव्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।

अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने गर्ने निर्णय समिति बैठकमा भयो । कडाई गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवत जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनु पर्ने व्यवस्था गर्ने, अध्यागन एवं सुरक्षानिकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

त्यस्तै पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाच गर्ने पनि बैठकमा निर्ण भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भयो । थप नागरिकलाई प्रवेश गर्न नदिने के गर्ने भन्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्य बाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नु भएको थियो ।

बैठकमा कार्य बाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमानाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नु पर्ने बताउनु भयो ।कार्य बाहक प्रधानमनत्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपालप्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्न कुमार कार्की सहभागी हुनु हुन्थ्यो ।

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल आमन्त्रित हुनुहुन्थ्यो । समसामयिक विषयमा थप छलफल गर्न छिटै अर्को बैठक आइतबार पुनःबोलाइएको छ ।