![](https://newsofnepal.com/wp-content/uploads/2021/10/collage-2-1.jpg)
दोष कसको ?
बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो । अर्को दोष औषधि विक्रेताले चिकित्सकले लेखिदिएको जानकारी बिरामीलाई ठीक तरिकाले नदिनु वा दिन नसक्नु हो । अनि अर्को गल्ती बिरामी आफैँको पनि हुन्छ । सही तरिकाले औषधिको सेवन नगर्ने । विक्रेताले भनेको कुरा स्पष्ट नबुझ्ने वा बुझ्ने प्रयासै नगर्ने समस्या पनि छ । चिकित्सकले पुर्जामा लेखिदिएका कुराहरुको प्रस्ट जानकारी चिकित्सक वा औषधि विक्रेतासँग लिने प्रयास नै नगर्ने । औषधि कतिपटक खाने, कति मात्रामा खाने, कुन समयमा खाने र केसँग खाने ? यी सबै कुराका बारेमा चिकित्सक वा औषधि विक्रेताबाट जानकारी लिनु नै पर्छ । यसबारे बिरामी आफैँले पनि चासो राख्नुपर्छ । बिरामीले आफूखुशी नै पहिलेदेखि कुनै औषधि खाएको भए सोको जानकारी चिकित्सकलाई दिनुपर्छ र चिकित्सकले लेखिदिएको औषधिका बारेमा पनि सोधपुछ गरी प्रस्ट हुनुपर्छ । औषधिका बारेमा सवै कुरा नबुझिएमा फेरि एकपटक औषधि विक्रेतासँग सोधेर जानकारी लिनुपर्छ । जे दियो त्यही औषधि लुरुलुरु खानु भन्दा शंका लागेका कुरा सोधेर प्रस्ट भएपछि नै औषधि खानु ठीक हुन्छ ।बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/2020-11-18-MEDICATION-Index_1170x780-1-768x432.jpg)
ध्यान दिनुपर्ने कुराहरु
कतिपय बिरामी वृद्धवृद्धा वा बालबालिका हुन सक्छन् । उनीहरुले आफैँ औषधि खान सक्दैनन् । सहयोगी आवश्यक हुन्छ । त्यसैले सहयोगीहरुले औषधिको बारेमा राम्ररी बुझ्न जरुरी छ ।१) पहिलो आधार: चिकित्सकको पुर्जा
औषधि खानका लागि सबैभन्दा पहिला चिकित्सकको पुर्जालाई आधार मान्नुपर्छ । कतिपय औषधि बेच्ने विक्रेताको लाइसेन्स एउटाको नाममा र औषधि बेच्ने अर्को मान्छे हुनसक्छ । मुख्य आधार नै चिकित्सकको प्रेसक्रिप्सन हुने हुँदा, स्पष्टसँग बुझ्ने गरी औषधिको नाम र खाने विधिको बारेमा लेखिदिन आग्रह नै गर्नुपर्छ । साथै डाक्टरहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ ।२) दोस्रो आधार: विक्रेताको सल्लाह
चिकित्सकको पुर्जा लिएर औषधि किन्न जाँदा बिक्रेतासँग त्यसबारे सल्लाह गर्नुपर्छ । औषधि किन्दा त्यो सही हो÷होइन, मात्रा र प्रयोग गर्ने तरिका पुर्जासँग मेल खान्छ/खाँदैन भनेर क्रस चेक गर्नुपर्छ । कतिपय विक्रेताले त्यही नामको औषधि नभए अर्को औषधिलाई पनि त्यस्तै औषधि हो भनेर बिक्री गर्छन् । त्यसलाई स्वीकार गर्नुहँुदैन । बरु त्यो पसलबाट नलिई अर्को पसलबाट लिनुपर्छ । दुई–चारवटा औषधि पसल चहार्ने गर्नुपर्छ । स्वास्थ्यको सवाल हो, अल्छी गर्नुहुँदैन । कतिपय विक्रेताहरुले यो औषधि त खान हुँदैन, बानी पर्छ, साइड इफेक्ट गर्छ भनी नकारात्मक टिप्पणी गर्ने गर्छन् । यस्तो सल्लाह तुरुन्त मान्नुहुँदैन । एकपल्ट आफ्नो डाक्टरलाई यसबारे सोध्नुपर्छ ।![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/10/shutterstock_1013693677-768x512.jpg)