विस्थापित परिवालाई हिमाली गाउँपालिकाद्वारा राहात वितरण


दयाराम पण्डित,  बाजुरा ।

गत असोज ३१ देखि कार्तिक २ गते सम्म आएको बेमोसमी अबिरल वर्षका कारण घरवार विहिन भई विस्थापित परिवालाई बुधवार दिउसो हिमाली गाउँपालिकाले राहात वितरण गरेको हो । हिमाली ५ किउड़ी का ९९ परिवार र वडा नं ४ बोर्ताका पूर्णरुपमा घर क्षेती भइ विस्तापित भएका १० परिवार प्रति परिवारलाई ५० किलो खाद्यान्न, कम्मल त्रिपाल भाडाकुँडा लागायतका सामग्रीहरु राहत स्वरुप वितरण गरेको हिमाली गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राजवहादुर भण्डारीले जानकारी दिनुुभएको छ ।

हिमाली गाउँपालिका वडा नं ४ का कृषक मथाबिर भण्डारीले आसु झार्दै “ भने घरमा ११ जनाको परिवार छौं । हामी सबै खेतीमै आश्रीत छौं । वर्षदिन काम गरेर तिन महिना पनि खान पुुग्दैन थियो । यो बर्ष सबै बाली बगाएर लग्यो कसरी जहान परिवार पाल्ने ? उनले दुख ब्यक्त गरे ।” गत असोज ३१ गते देखि कार्तिक २ गतेसम्म परेको अविरल बर्षादको कारण भित्र्याउन लागेको बाली नस्ट हुंदा किषानलाई कार्तिकमै भोकमरी हुने भयो कसरी जहान परिवार बचाँउ बोर्ताका अम्मलाल रोकायाले भन्नुुभयो । गाउँमा पहिरो गएपछि सथानइिहरु बिद्योलयमा आक्षित रहेको रोजगार कार्यक्रम संयोजक बृख पाण्डेले भन्नुभयो ।

भौगोलिक हिसाबले पिछडिएको बोर्ताका मानिसहरुको मुख्य पेशा भनेको कृषि रहेको र सबै जसो परिवार जोखिममा रहेका छन स्थानीयवासी एबम कृषकहरु चिन्तामा छन् । गाउँपालिका बाट केहि राहत त वितरण भैरहेको छ। त्यसले बढिमा पन्ध्र दिनलाई पुुग्ला। त्यस पछि के खाएर बाँच्ने हुन् भन्ने चिन्ता छ । हामी संग भएको राहात त बाँड्यो जिल्ल प्रदेश र संघ लगायत सम्बद्ध संघ सस्ंथटाले समयमा सहयोग गरि दिए हिमालीका जन्ता एकछाक खान पाउँछन् । नभए भोकमरीले बिकराल रुपलिन सक्छ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर मल्ले भन्नुभयो । प्राकृतिक बिपत्तिको कारण गाउँपालिका भित्र रहेका निर्माणाधीन कवाडी लाघुजलबिधुत आयोजना लगायत सिचाई कुलोहरु ,बाटाघाटा, सडकहरु क्षेती भएको र सर्वसाधारणको दैनिक जीवन निबाह गर्न समेत समस्या भएको हुँदा आफूहरु जनताको दैनिक सहजता ल्याउन हरप्रयास गरि रहेका छौं अध्यक्ष मल्लले भन्नुभयो ।