माटुर र रोजी स्टाइल आइकन

0
Shares

उदीयमान मोडलहरूको प्रतियोगितामा माटुर रेहमान र रोजी लामिछानेले स्टाइल आइकन नेपाल २०२१ को ताज चुमेका छन्। उनीहरूले वर्षको उत्कृष्ट स्टाइल आइकन मोडलको उपाधिसहित जनही २५ हजार रुपैयाँका साथमा विभिन्न उपहार प्राप्त गरेका छन्। रोजीले मस्ट ट्यालेन्टको उपाधिलाई पनि आप्mनो बनाएका छन्।

इभेन्ट बेटर ग्यालेक्सीद्वारा राजधानीमा आयोजित प्रतियोगितामा नौ जना युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए। प्रतियोगितामा सुजन थापा र यसृजा खरेल फस्ट रनर्सअप, सन्तोष आचार्य र निर्मला धिताल सेकेन्ड रनर्सअप तथा आदर्श मगराती र नेहा यादव थर्ड रनर्सअप भए। त्यसैगरी, सम्यक महर्जन र चन्दु शाही मस्ट स्टाइलिस भए स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका डान्स कोरियोग्राफर लिजा श्रेष्ठ थिइन्। प्रतियोगिताको फाइनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए। प्रतियोगितामा प्रमोद अग्रहरी, गजित विष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, विक्रम श्रेष्ठ, दीपक घिमिरे, मीरा कक्षपति र विशाल गुरुङ निर्णायक रहेका थिए।

कार्यक्रममा नेपाली मोडलिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान गर्दै आएका अभिनेता, मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकारलाई सम्मानित गरियो।