भिर्नी झोलापछि ढाँचा पार्‍यो नभने


पर्वत, (नेस)।

भिर्नी झोलामा गीतमार्फत चर्चामा आएका सञ्चारकर्मी तथा लोकगायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वरमा नयाँ गीत ढाँचा पार्‍या नभने सार्वजनिक भएको छ।

लोकप्रिय सर्जक शिव अखेलीको शब्द तथा लय रहेको गीत प्रेमी–प्रेमिकाको रूपको तारिफमा केन्द्रित छ । गीतको म्युजिक भिडियोको निर्देशन सुनील क्षेत्रीले गरेका छन् । निर्देशक क्षेत्री र प्रियंका आचार्य ‘मुन्नी’ को अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियोमा पोखरा र पर्वतका सुन्दर दृश्य समावेश गरिएको छ। यसअघि, लामिछाने र अखेलीले गाएको भिर्नी झोलामा बोलको गीतले दुई करोडभन्दा बढी भ्युज पाएको थियो ।

गायक अखेलीले गीतको सबै पक्षले मेहनतका साथ काम गरेका कारण गीत र भिडियो दुवै राम्रो बनेकाले दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको बताए। ‘यसअघि भिर्नी झोलामालाई दर्शकले अत्यधिक माया गरिदिनुभएको थियो’ उनले भने, ‘सोही टिमले थप मेहनतका साथ यो गीत तयार पारेका छौँ । दर्शक श्रोताले अवश्य रुचाउनुहुन्छ भन्ने विश्वास गरेका छौँ ।’

गीतको भिडियो विश्वकै अग्लो बन्जीजम्प, पोखरालगायत विभिन्न स्थानमा सुटिङ गरिएको छ। गीतको म्युजिक भिडियो गायिका लामिछानेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।