बरालको खुसीको गीत


गायक यम बरालद्वारा स्वरबद्ध नयाँ गीत खुसीको गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

वीरेन्द्रकुमार बलामीको शब्द रचना, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेन्ज रहेको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल युट्युबमार्फत रिलिज गरिएको हो। सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको म्युजिक भिडियोमा रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्कीले अभिनय गरेका छन् । भिडियोमा अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन रहेको छ।