भिडियोमा साम्राज्ञीको बोल्ड अवतार


देशमा कोरोनाको प्रवेशपछि फिल्म क्षेत्र शून्यप्रायः छ । फिल्म निर्माण र प्रदर्शन रोकिएको छ, जे चलेको छ गीत संगीत र म्युजिक भिडियो चलेको छ । फिल्म क्षेत्र ठप्पप्रायः भएपछि चलेका एक सय एक कलाकार पनि म्युजिक भिडियोतर्फ मोडिएका छन् ।

यसै क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसमेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छिन् । उनले पछिल्लोपटक अभिनय गरेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । प्रभाव बोलको गीतको म्युजिक भिडियोमा साम्र्राज्ञी बोल्ड अवतारमा देखिएकी छिन् ।

प्रकाश विक्रम थापाको शब्द रचना, संगीत र स्वर रहेको गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काले अनस्क्रिन रोमान्स गरेका छन् । इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुसन मगरको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन रहेको छ भने म्युजिक भिडियोका निर्माण प्रकाश विक्रम थापाले गरेका छन् ।