३० जना भारतीय शान्ति सैनिक संयुक्त राष्ट्र पदकद्वारा सम्मानित


इन्डिया न्युज नेटवर्क ।

नवअफ्रिकी देश द्वन्द्वको सामना गरिरहेको बेला दक्षिण सुडानमा दिगो शान्ति स्थापनाका लागि प्रदान गरेको सेवाका निम्ति संयुक्त राष्ट्र प्रहरी विभागका ३० भारतीय शान्ति सैनिकहरूले संयुक्त राष्ट्र पदक प्राप्त गरेका छन् ।

दक्षिण सुडानमा संयुक्त राष्ट्र अभियानले गरेको ट्विटमा भनिएको छ– ‘युवा देश द्वन्द्व, विस्थापन र कोभिड–१९ को सामना गरिरहेका बेला तिनको तैनाथ भएको थियो । अनमिस तिनले दिएको योगदानका निम्ति आभार प्रकट गर्दछ ।’

शान्ति स्थापनाका लागि भारतले महत्त्वपूर्ण लामो र गौरवशाली योगदान दिएको छ । यस महिनाको शुरूमा, भारतका ८ सय ३६ जना शान्ति सैनिकलाई हालै प्रतिष्ठित संयुक्त राष्ट्र पदकबाट सम्मानित गरिएको थियो ।

दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्र मिसन (अनमिस) को वेबसाइटमा अक्टोबर ४ तारिखमा जनाइएअनुसार माथिल्लो नाइल, मलाकलमा शान्तिको लागि सेवा गरिरहेका भारतीय शान्ति सैनिकहरू सधैं आफ्नो कार्यक्षेत्रमा कुनै न कुनै चुनौतीहरूको सामना गर्दै आएका छन् ।

यस वर्षको मे महिनामा, दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसन (अनमिस) अन्तर्गत जोङ्लेई राज्य र ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा तैनाथ एक सय ३५ जना भारतीय शान्ति सैनिकलाई उनीहरूको ‘उत्कृष्ट प्रदर्शन’ का लागि संयुक्त राष्ट्र पदकद्वारा सम्मानित गरिएको थियो ।

फेरि मे महिनामा नै कर्तव्य पालना गर्दा आफ्नो जीवन अर्पण गरेका तीन भारतीय शान्ति सैनिकलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसन (अनमिस) मा काम गर्ने कर्पोरल युवराज सिंह र दुई नागरिक शान्ति सेना अनमिसमा काम गर्ने इभान माइकल पिकार्डो र इराक संयुक्त राष्ट्र सहायता मिसन (युनामी) का लागि काम गर्ने मूलचन्द यादवलाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डाग ह्यामरस्कजोल्ड पदकको साथ सम्मान गरिएको थियो ।

गत वर्ष पनि ८३ जना सैन्य, प्रहरी र नागरिक कर्मचारीहरूमध्ये पाँच भारतीय शान्ति सैनिकलाई मरणोपरान्त संयुक्त राष्ट्र संघको प्रतिष्ठित पदकले सम्मानित गरिएको थियो ।