प्रधानसेनापति शर्मा भारत जादैं


काठमाडौं, (नेस) ।

भारतीय स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानसेनापति शर्माको भारत भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उहाँले कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नु हुने भएको छ ।

भ्रमणका क्रममा शर्माले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुहुने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविद, रक्षामन्त्री राजनाथ सिंह, भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाणेलगायतका उच्च सैनिक अधिकारीसंग भेट गर्ने कार्यक्रम रहेको छ ।