संसद् अधिवेशन अन्त्यको सिफारिस


काठमाडौँ ।

सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले लगातार अवरोध गर्दै आएको थियो ।