पारिवारिक कथामा बाउसाप


पारिवारिक सामाजिक कथामा निर्मित सर्ट फिल्म बाउसाप हालै सार्वजनिक गरिएको छ।

दमन रुपाखेतीद्वारा निर्देशित आरके एन्ड आरके इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। आरके मानन्धरको कथा रहेको लघु फिल्मको पटकथा र संवाद शिव शर्माले लेखेका छन्। फिल्मको शीर्ष गीतमा शब्द तथा संगीत मणिराम काफ्लेको रहेको छ।

जीवनको कुनै पनि क्षणमा श्रीमान् श्रीमतीबीच समझदारी हुनुपर्छ भन्ने विषयमा आधारित रहेर लघु फिल्म बाउसाप निर्माण गरिएको लेखक तथा कलाकार आरके मानन्धरले बताए। ‘श्रीमान् श्रीमतीको सम्बन्ध सुमधुर रहनका लागि उनीहरूबीच निरन्तर कुराकानी र समझदारी हुनु आवश्यक छ। यदि, त्यसो भएन भने जीवनमा कस्तो परिस्थिति आउन सक्छ भन्ने विषयमा लघु फिल्म बाउसाप केन्द्रित रहेको छ’ मानन्धर भन्छन्।

फिल्ममा हास्यकलाकार दमन रुपाखेती र राजु धुजुलाई फरक भूमिकामा देखाइएको छ। आरके मानन्धर र कविता गेलालको मुख्य भूमिका रहेको लघु फिल्ममा राजु धुजु, दमन रुपाखेती, उमेश कुमार केसी, राजन चौलागाईं, मणीराम काफ्ले, शिव शर्मा, विजय कुमार श्रेष्ठ, राम थापा, प्रकाश न्यौपाने, शर्मिला शर्मा, सुष्मिता मैनाली, मुना प्रसार्इंलगायतको अभिनय रहेको छ।

सीता मानन्धर र राज मानन्धरको निर्माण रहेको लघु फिल्ममा देवानन्द शिल्पाकारको छायांकन र शिव शर्माको सम्पादन रहेको छ।