हेटौंडामा शुभकामना कार्यक्रम


हेटौंडा, (नेस)।

गायक गायिकाहरू सुगम पोखरेल, कृष्ण काफ्ले र समीक्षा अधिकारीको सहभागितामा सांगीतिक कार्यक्रमबीच हेटौंडामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिने भएको छ।

तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर नेपाली कांग्रेस मकवानपुरको साँस्कृतिक विभागको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो। आगामी कात्तिक १७ गते रोयल पार्टी प्यालेसमा गायक पोखरेल, कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको उपस्थितिमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक विजय कार्कीले बताए।

कार्यक्रममा कोभिडका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाइने जनाइएको छ।