कलाकर्मी र स्रष्टा सम्मानित

0
Shares

डा. बुढामगरको ९४औं जन्म जयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच स्रष्टाहरूलाई सम्मान गरिएको छ।

डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा आयोेजित कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी बन्दना राणालाई अभिनन्दन गरियो। त्यसैगरी, साहित्यकारहरू प्रा.डा. लक्ष्मण गौतम, जयदेव भट्टराई, पुष्करराज भट्ट, विजय सागर, गीता कार्की, गायिका पवित्रा घर्तीमगर, कवि विमला तुम्खेवा, बालिका गिरी र उषा लोहनीलाई डा. हर्षबहादुर बुढामगर साहित्य सम्मान २०७६ बाट सम्मानित गरियो। प्रा.डा. ज्ञानु पाण्डे, गीतकार बमबहादुर थापा जिताली, कवि महेश पौड्याल, उपन्यासकार शंकर भारती, कवि डा. दामोदर पुडासैनी (किशोर), कथाकार जलेश्वरी श्रेष्ठ, कवि महादेव अधिकारी, कलाकार मिलन शेरचन, कवियत्री सन्ध्या पहाडी, अस्मिता भण्डारी, कल्पना अधिकारी, प्रकाश समीर, मुस्कान खातुन र सपना रोक्का मगरलाई नगदसहित हर्षबहादुर बुढामगर साहित्य तथा सामाजिक योगदान सम्मान २०७७ बाट सम्मानित गरियो। कार्यक्रममा सम्मान प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा डा. हर्षबहादुर बुढामगरको अतुलनीय योगदान रहेको चर्चा गर्दै यो सम्मानले सम्बन्धित श्रष्टाको सिर्जना अझ प्रोत्साहित हुने बताए। संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँसकोटाले जीवनको उत्तराद्र्धमा डा. बुढामगरले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे। प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ, गीतकार, गायिका उन्नति बोहरा ‘शिला’ ले बुबाको चाहना नै नेपाली साहित्यको विकास गर्नु भएकाले बुबाको नाममा प्रतिष्ठान स्थापना गरेर केही वर्ष यताबाट सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताइन्।

गायिका पवित्रा घर्तीमगर र टीका पुनले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाए भने एसिड प्रकरण र त्यसपछिको आफ्नो पीडादायी जीवनबारे मुस्कान खातुनले सो क्रममा चर्चा गरिन्। कार्यक्रममा प्राज्ञ गीतकार उन्नति बोहरा ‘शिला’ को नयाँ उपन्यास डिजायर सार्वजनिक गरियो। शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास उन्नतिको नेपाली उपन्यास तृष्णाको अंग्रेजी अनुवाद हो।