नेपाल बंगलादेश बैंकद्वारा अस्पताललाई सहयोग

0
Shares

काठमाडौँ । (नेस) ।

नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंकले आफनो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डेसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोगस्वरूप प्रदान गरेको छ ।

उक्त औषधि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई हस्तान्तरण गर्नुभएको थियो । बैंकले कोभिड–१९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधैं उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बंगलादेश स्थित साझेदार बैंक आईएफआईसी बैकसँग मिलेर आर्थिक वर्ष ०७६र७७ मा ५ हजार भायल तथा ०७८र७८ मा पनि ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको थियो । उक्त औषधि बंगलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।