हिउँमा लामो समय बसेर विश्व कीर्तिमान


मस्को, (एजेन्सी) ।

एकजना लिथुनियाली पुरुषले घाँटीसम्म हिउँले छोपेर ३ घन्टा १ मिनेट बसेर गिनिज वल्र्ड रकेर्ड तोडेका छन् । भ्यालेर्जन रोमानोभ्सकी नामक ती व्यक्ति आई क्युब भरिएको काँचको ठूलो कन्टेनरमा त्यति लामो समय बस्ने साहस गरेका थिए ।

लिथुनियाको ऐतिहासिक शहर भिल्नियस ओल्ड टाउनको चोकमा उनले आफ्नो करामत देखाएका थिए । उनको यस रोमान्चक एवं साहसिक कार्य हेर्न गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिधिहरू त्यहाँ उपस्थित भएका थिए । तर, गिनिजका अधिकारीहरूले उनको कीर्तिमानलाई प्रमाणित गर्न अझै केही समय भने लाग्ने बताएका छन् ।

अहिलेसम्म यस विधामा फ्रेन्च नागरिक रोमइने भ्यान्डेडोर्पेको विश्व कीर्तिमान कायम रहको छ । उनले सन् २०२० को डिसेम्बरमा हिउँभित्र लगातार २ घन्टा ३५ मिनेट बसेर सो कीर्तिमान खडा गरेका थिए ।