सर्वोच्चका १४ न्यायाधीशले गरे इजलास बहिष्कार



न्युज अफ नेपाल, काठमडौं ।

सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक फूलकोर्ट बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु अहिले छलफलमा जुटेका छन्।

प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका थिए। बहिष्कारजस्तो नदेखिने गरी इजलाससमेत छल्न बैठक गरेर अलमल्याउने रणनीति बनाएको भन्दै न्यायाधीशहरु छलफलमा जुटेका हुन्।

पूर्णबैठक बहिष्कार गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन्। एक न्यायाधीश अमेरिका भ्रमण र अन्य काठमाडौंबाहिर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्